पर्सा जिल्ला अदालतद्वारा रवि लामिछानेसँग एक करोड धरौटीको माग

 पर्सा जिल्ला अदालतद्वारा रवि लामिछानेसँग एक करोड धरौटीको माग

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । आज उनको मुद्दाको सुनुवाइपछि अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा दायर मुद्दाको सुनुवाइपछि अदालतले यस्तो आदेश गरेको हो । सहकारीसम्बन्धि मुद्दामा रविविरुद्ध अन्य जिल्लामा दायर मुद्दाको सुनुवाई धेरै अगाडि बढे पनि पर्साको सुनुवाइमा ढिलाइ भएको थियो ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय गरेको हो । लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *