उपत्यका भित्रिँदै गरेको लागुऔषध खैरो हिरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

 उपत्यका भित्रिँदै गरेको लागुऔषध खैरो हिरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ गरेको छ ।  चन्द्रागिरि नगरपालिका– २ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– ३ का ३६ वर्षीय निरोज न्यौपाने छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *