कृषि विकास बैंकद्धारा व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

 कृषि विकास बैंकद्धारा व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले निर्धारण गरेका विभिन्न सहयोगका क्षेत्र अन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्र मार्फत शैक्षिक गुणस्तर सुधारका लागि यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकको यो सहयोगले विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि डिजिटल प्रविधियुक्त विधिबाट पठनपाठन कार्यमा सहयोग पुग्ने छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २०८२ माघ १४ गते बुधबार एक कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यलाई स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गर्नु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र अञ्जु दाहाल,वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा तथा बैंकका किर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ, बैंकका पूर्व उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी व्यवस्थापन केन्द्रीय विभागको तर्फबाट विभाग प्रमुख प्रा.भवानी शंकर आचार्य र प्रा.डा. डिल्ली राज शर्मा लगायतका प्राध्यापकहरु, विश्व विद्यालयका कर्मचारीहरु तथा विद्यार्थिहरुको समेत उपस्थिती रहेको थियो  । उक्त कार्यक्रमको संचालन सहायक प्रा.डा.सुनिता भण्डारी घिमिरेले गर्नु भएको थियो

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *