टी–२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको जित

 टी–२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पारजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लबमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी छँदै पूरा गर्‍यो ।

पाकिस्तानको जितमा शाहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी, फहिम अशरफले २९ रन बनाए । ११ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । साइम ऐयुबले १३ बलमा २४ रन जोडे ।

बलिङतर्फ डच टिमका आर्यन दत्त र पउल भान मिकेरेनले समान दुई विकेट लिए भने लोगन भान बिक, काइल क्लेइन र रोलोफ भान डेर मेर्वेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले इनिङ सकिन एक बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए । २९ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, बस डे लिडले ३० रन बनाए । २५ बलको सामना गरेका उनले चार चौका प्रहार गरे । त्यसैगरी, ओपनर ब्याटर माइकल लेभिटले १५ बलमा २४ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए । त्यस्तै, मोहम्मद नवाज, अब्रार अहमद र सइम ऐयुबले समान दुई विकेट लिए । शहीन शाह अफ्रिदीले एक विकेट हात पारे ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *