टी–२० विश्वकपमा इटालीविरुद्ध स्कटल्यान्डको प्रभावशाली जित

 टी–२० विश्वकपमा इटालीविरुद्ध स्कटल्यान्डको प्रभावशाली जित

काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत नेपालको समूहमा रहेको स्कटल्यान्डले इटालीमाथि ७३ रनको प्रभावशाली जित निकालेको छ। आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले पहिलो जित निकालेको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्ड वेस्टइन्डिजसँग पराजित भएको थियो।

सोमबार कोलकाताको इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। उसका लागि जर्ज मुन्सीले ८४ रन बनाउँदा माइकल जोनेसले ३७ तथा ब्रान्डन म्यामुलनले ४१ रनको नटआउट इनिङ्स खेलेका थिए। त्यस्तै, कप्तान रिचाइ बेरिङटनले १५ रन बनाउँदा माइकल लिस्कले २२ रन बनाएका थिए।

२ सय ८ रनको लक्ष्य पछ्याएको इटाली १६।४ ओभरमा १ सय ३४ रनमा अलआउट भयो। उसका लागि बेन मनेन्टीले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी मनेन्टीले ३७ रन बनाए। त्यस्तै, एन्थोनी मोस्काले १३ र जेजे स्मुट्सले २२ रन बनाएका थिए। अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

स्कटल्यान्डका लागि माइकल लिस्कले ४ विकेट लिँदा मार्क वाटले २ विकेट लिएका थिए। यो समूह ‘सी’ मा वेस्टइन्डिज, इंग्ल्यान्ड र स्कटल्यान्डले समान १-१ जित निकालेका छन्।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *