शेयर बजारमा गिरावट, १० अर्ब ७७ करोडको कारोबार

 शेयर बजारमा गिरावट, १० अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०५ अङ्कले घटेको छ । उक्त अङ्कको गिरावटपछि आज नेप्से परिसूचक २६७२.३९ विन्दु कायम भएको छ ।

आइतबार पनि नेप्से १०.२४ अङ्कले घटेको थियो । आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता एक लाख दुई हजार २८१ पटक किनबेच गर्दा भएको हो ।

आइतबार ११ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । आज २१२ कम्पनीको शेयर मूल्य घटेको छ अर्थात् १३ वटा समूहगत सूचकतर्फ व्यापारबाहेक सबै सूचक राताम्मे छन् ।

खानीखोला हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिदी पावर कम्पनी, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशूली जलविद्युतलगायत ४२ कम्पनीको मूल्य बढेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *