सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक, नाफा २३ करोडमाथि

 सिटिजन लाइफको वित्तीय विवरण सार्वजनिक, नाफा २३ करोडमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो।

कम्पनीको खुद बीमाशुल्क २२.२२ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। समग्र आम्दानी पनि बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको खुद दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ भने कुल खर्च ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

महाविपत्ति कोष २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने संचित नाफा ३५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। जीवन बीमा कोष २२ अर्ब ८१ करोड रुपैयाँ कायम छ। प्रतिसेयर आम्दानी ९.५४ रुपैयाँ, नेटवर्थ १४६.९१ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ५२.१६ गुणा रहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *