नेप्सेमा निरन्तर गिरावट, आज १०.२५ अंकले घट्यो

 नेप्सेमा निरन्तर गिरावट, आज १०.२५ अंकले घट्यो

काठमाडौं। नेप्से परिसूचकमा निरन्तर रुपमा ओरालो लागेको छ। मंगलबार सेयर बजार घटेर २६६२.१४ अंक विन्दुमा आइपुगेको छ। आज नेप्सेमा १०.२५ अंकको गिरावट देखाएको हो।

आज बजारमा करिब २ करोड १७ लाख १५ हजार कित्ता सेयर ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरमा कारोबार भएका छन्। विवरण अनुसार, ७४ कम्पनीको सेयर मूल्य बढ्दा, १७९ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरमा भएको छ, जहाँ आज ४५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, आँखुखोला जलविद्युतमा ४० करोड ७९ लाख, रिडी पावरमा ३८ करोड ८६ लाख, युनियन हाइड्रोपावरमा ३२ करोड ६० लाख, र अरुण काबेली पावरमा ३२ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *