आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, भोलिदेखि नयाँ मूल्य लागू हुने

 आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, भोलिदेखि नयाँ मूल्य लागू हुने

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज (आइतबार) देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।

​विज्ञप्तिका अनुसार पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ ले वृद्धि गरिएको छ। भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर रु १.५१ र डिजेलमा रु ५.०२ ले बढेर आएको भए तापनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै थोरै मात्र मूल्य बढाइएको निगमले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *