नेकपा (संयुक्त) को चुनावी एजेन्डा: कृषिमा ४५ हजार न्यूनतम आम्दानी र राज्यको पूर्ण संरक्षण

 नेकपा (संयुक्त) को चुनावी एजेन्डा: कृषिमा ४५ हजार न्यूनतम आम्दानी र राज्यको पूर्ण संरक्षण

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ‘विकासको नेपाली बाटो: सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ ५६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको हो ।

उद्यमी राष्ट्रको परिकल्पना
घोषणापत्रमा वर्तमान अर्थतन्त्र वितरणमुखी मात्र भएको र यसले देशलाई धराशायी बनाउने उल्लेख गर्दै ‘उद्यमी राष्ट्र’ निर्माणको लक्ष्य राखिएको छ । भूमिहीन, गरिब किसान, वैदेशिक रोजगारीबाट फर्केका र महिलाहरूलाई न्यूनतम उपार्जनको संरचनामा ल्याएर श्रम शक्तिलाई उद्यममा जोड्ने सो पार्टीको मुख्य योजना छ ।

कृषिमा क्रान्तिकारी सुधार
नेकपा (संयुक्त) ले कृषि क्षेत्रको संरक्षणलाई ५१ प्रतिशत किसानको सुरक्षाको रूपमा व्याख्या गरेको छ ।

न्यूनतम आम्दानी: कृषिमा आश्रित परिवारको मासिक आम्दानी कम्तीमा ४० देखि ४५ हजार रुपैयाँ पुर्‍याउने सुनिश्चितता ।

आत्मनिर्भरता: राज्यले कृषिको पूर्ण जिम्मा लिएमा आगामी ५ वर्षभित्र मुलुक कृषि उत्पादनमा आत्मनिर्भर हुने र कृषि उद्योगको नयाँ ढोका खुल्ने दाबी ।

राजनीतिक र संवैधानिक सुधार
राजनीतिमा व्याप्त एकाधिकार तोक्न सो पार्टीले साहसिक प्रस्ताव अघि सारेको छस्

कार्यकाल सीमा: एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र चार पटकभन्दा बढी मन्त्री वा सांसद हुन नपाउने कानुनी व्यवस्थाको माग ।

सङ्घीयता: सङ्घीय प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक संवैधानिक र कानुनी संशोधनमा जोड ।

प्राथमिकताका क्षेत्रहरू
पार्टीले कृषि बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि र सुशासनलाई आफ्नो विकासको ६ खम्बे प्राथमिकतामा राखेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *