बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, आगजनीपछि राजमार्ग अवरुद्ध

 बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, आगजनीपछि राजमार्ग अवरुद्ध

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बनेपामा आज बिहान करिब ८:४५ बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ।

दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका छन्। मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ। हाल क्षेत्र तनावग्रस्त रहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *