कलश स्टक मार्केटको निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न

 कलश स्टक मार्केटको निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क लगानी रणनीति तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बुद्धनगर–१०, काठमाडौंस्थित मुख्य कार्यालय रहेको कम्पनीले २०८२ फागुन ६ गते बुधबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम गोङ्गबुस्थित बि.जी. ब्याङ्केट एण्ड इभेन्ट सेन्टर मा सञ्चालन भएको थियो।
कार्यक्रममा पूँजी बजार विश्लेषक सि.ए. संजोग कोइरालाले शेयर बजारका विविध पक्षबारे सहभागीलाई जानकारी गराएका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा लगानीकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सञ्चालक रविन महतका अनुसार कम्पनीले समय–समयमा देशका विभिन्न स्थान तथा अनलाइन माध्यमबाट विश्वभर रहेका लगानीकर्तालाई लक्षित गरी वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष प्रदिप के.सी.ले निकट भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताए।
कम्पनीले काठमाडौंको बुद्धनगरस्थित मुख्य कार्यालय तथा बुटवलको मिलनचोक शाखाबाट डिम्याट र टिएमएस खाता खोली शेयर कारोबार गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। साथै, प्रत्येक शुक्रबार साँझ ७ बजे जुममार्फत साप्ताहिक शेयर बजार विश्लेषण तथा लाइभ प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गर्दै आएको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *