राजनीतिक माहोल तात्दै, धनगढीमा बालेन र रविको क्रेज (तस्बिरहरू)
धनगढीको कार्यक्रम स्थलमा हजारौँको संख्यामा उपस्थित समर्थकहरूले “घण्टी” र “बालेन” को पक्षमा नाराबाजी भएको थियो।
समर्थकहरूको अत्यधिक क्रेजका कारण रबि र बालेनलाई गाडीबाट ओर्लिएर मञ्चसम्म पुग्नै निकै सकस भएको थियो। भीड व्यवस्थापन गर्न सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई हम्मेहम्मे परेको थियो। सभामा सहभागी हुन कैलाली मात्र नभई कञ्चनपुर, डोटी, र अछाम लगायतका जिल्लाबाट रास्वपाका उम्मेदवार र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेन शाहले आफ्नो प्रखर शैलीमा भने— “२० वर्षसम्म नबनेका बाटाहरू अब डेढ वर्षमै बन्नुपर्छ। रुखमा बाँधेर हुन्छ कि सडकमा सुतेर, हामी काम गरेरै छाड्छौँ।” उनले रास्वपाको सरकार बनेपछि कसैलाई पनि भेदभाव नगरी विकासको लहर ल्याउने दाबी गरे।
त्यस्तै, सभापति रवि लामिछानेले यो भीड केवल समर्थकको मात्र नभई परिवर्तनको भोक जागेका नेपालीहरूको लहर भएको बताए। उनले सुदूरपश्चिमले अब नयाँ विकल्प रोज्नेमा आफू ढुक्क रहेको उद्घोष गरे।

