राष्ट्रिय समस्या समाधानबिनाको निर्वाचन अर्थहीन छ: पूर्वराजा

 राष्ट्रिय समस्या समाधानबिनाको निर्वाचन अर्थहीन छ: पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका छन्।

सन्देशमा उनले वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारीको आवश्यकता औँल्याएका छन्।

पूर्वराजाले आफ्नो सन्देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

केही महिनाको झापा बसाइपछि काठमाडौं फर्किँदा गत फागुन २१ गते स्वागत गर्ने सर्वसाधारण, आदिवासी र नागरिकप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। उनलाई स्वागत गर्ने कार्यक्रमको संयोजन गरेका दुर्गा प्रसाईं अहिले सरकारको हिरासतमा छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *