जित्नेले शासन गर्ने, हार्नेले खबरदारी गर्ने : विश्वप्रकाश शर्मा

 जित्नेले शासन गर्ने, हार्नेले खबरदारी गर्ने : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा दशकौंदेखि कायम रहेको अस्थिरता अन्त्यका लागि एक क्रान्तिकारी संवैधानिक प्रस्ताव अघि सारेका छन । धरानको भानु चोकमा आयोजित सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले ‘जित्ने प्रधानमन्त्री’ भन्दा पनि ‘५ वर्ष टिक्ने प्रधानमन्त्री’ को अवधारणा सार्वजनिक गरेका हुन।

नेपालको लोकतान्त्रिक इतिहासमा हालसम्म कुनै पनि प्रधानमन्त्रीले ५ वर्षे कार्यकाल पूरा गर्न नसकेको यथार्थलाई औंल्याउँदै शर्माले अबको चुनावअघि नै राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका छन। उनले भने , ‘बहुमत ल्याउनु एउटा कुरा हो, तर देशलाई स्थिरता दिन ५ वर्ष टिक्ने सरकार अनिवार्य छ। यसका लागि संविधानमै स्पष्ट प्रावधान राख्न आवश्यक भइसक्यो।

शर्माका तीन मुख्य प्रस्तावहरू:
चुनावमा सबैभन्दा बढी सिट र लोकप्रिय मत ल्याउने पहिलो दलले नै पूरा ५ वर्ष शासन गर्न पाउनुपर्ने। यदि बहुमत नपुगेको अवस्थामा, ‘विनर्स टेक्स अल’ सिद्धान्तका आधारमा अपुग संख्या सुनिश्चित गरी पहिलो दललाई सरकार बनाउन दिने।

दोस्रो र तेस्रो हुने दलहरू सरकारमा सहभागी नभई ५ वर्षसम्म पूर्ण रूपमा प्रतिपक्षी र संसद्को भूमिकामा बस्नुपर्ने। यसले सत्ताको लुछाचुँडी र समीकरण फेरबदलको फोहोरी खेल रोक्ने शर्माको तर्क छ।

नयाँ संसद्को पहिलो बैठकबाटै यस्तो सहमतिलाई संवैधानिक रूपमा लिपिबद्ध गर्ने र प्रधानमन्त्रीलाई ५ वर्षसम्म कसैले हटाउन नसक्ने ग्यारेन्टी गर्ने।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *