एमालेको चुनावी घोषणापत्र सार्वजनिक: ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई निरन्तरता

 एमालेको चुनावी घोषणापत्र सार्वजनिक: ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई निरन्तरता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै आफ्नो पार्टीको लक्ष्य र प्रतिबद्धता सार्वजनिक गरे ।

एमालेको घोषणापत्रमा “समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य” भन्ने नारासहित आफ्नो सरकारको विजयको आवश्यकता र देशको समृद्धिको प्रतिबद्धता प्रकट गरिएको छ । पार्टीले सुशासन, विकास, रोजगारी र सामाजिक न्यायको क्षेत्रमा कार्य गर्नलाई प्राथमिकता दिएको छ। विगतमा पार्टी सरकारमा हुँदा थालिएका परियोजनाहरू जसलाई पूरा गर्न सकेका थिएन, तिनैलाई आगामी कार्यकालमा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

घोषणापत्रमा ११ वटा तत्काल गर्ने काम, पाँच आधारभूत काम, र २५ वटा सङ्कल्प सार्वजनिक गरिएको छ। अध्यक्ष ओलीले भने, ‘हामी भत्काउने र जलाउने होइन, बनाउने सङ्कल्पका साथ अघि बढ्छौँ।’ उनले मुलुकको समृद्धिको लागि विगतका अनुभव र अभ्यासलाई आधार मानेर कार्ययोजना तयार गर्ने कुरा व्यक्त गरे।उनले भने, ‘स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैं दृढ रहेको छ र हामी कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित हुने छैनौँ ।’

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *