मधेश प्रदेशका उम्मेदवारसँग आज ‘डिजिटल संवाद’ : प्रविधि र सुशासनमाथि बहस हुँदै

 मधेश प्रदेशका उम्मेदवारसँग आज ‘डिजिटल संवाद’ : प्रविधि र सुशासनमाथि बहस हुँदै

काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूका डिजिटल एजेन्डा र सुशासनका योजनामाथि बहस गर्न मधेश प्रदेशमा आज ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुँदैछ। आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा यो विशेष संवाद वैशाख ११ गते (आज) साँझ ५:३० बजेदेखि सुरु हुनेछ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सफलतापूर्वक सम्पन्न भइसकेको यो राष्ट्रिय संवाद शृङ्खलाले अब मधेश प्रदेशका उम्मेदवार र नागरिकलाई एउटै ुभर्चुअलु मञ्चमा जोड्दैछ।

संवादका मुख्य एजेन्डाहरू
यस कार्यक्रमले मुख्यतया मधेश प्रदेशको विकासका लागि प्रविधिको भूमिकामाथि केन्द्रित रहेर निम्न विषयमा बहस गर्नेछस्

ई–गभर्नेन्स र पारदर्शिता: सरकारी सेवालाई कसरी प्रविधिमैत्री र भ्रष्टाचारमुक्त बनाउनेरु

डिजिटल रूपान्तरण: प्रदेशका सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग।

युवा रोजगारी र स्टार्टअप : प्रविधिको माध्यमबाट युवाहरूलाई स्वरोजगार बनाउने र नयाँ व्यवसाय प्रवर्द्धन गर्ने योजना।

स्मार्ट कृषि : कृषि प्रधान मधेश प्रदेशमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्ने उपाय।

समावेशी सहभागिता र नागरिक प्रश्न
आयोजकका अनुसार यस संवादमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँगै युवा, नागरिक समाज, सञ्चारकर्मी, महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहनेछ। सहभागीहरूले उम्मेदवारहरूलाई प्रत्यक्ष प्रश्न सोध्ने र उनीहरूको ुडिजिटल भिजनु बारे स्पष्ट हुने अवसर पाउनेछन्।

‘निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने हाम्रो मुख्य लक्ष्य हो,’ आयोजक संस्थाले जनाएको छ।

कसरी सहभागी हुने ?
यो कार्यक्रम जूम (zoom) मार्फत सञ्चालन हुनेछ। इच्छुक सहभागीहरूले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराई साँझ ५:३० बजेको संवादमा जोडिन सक्नेछन्।

डिजिटल युगमा राजनीतिक नेतृत्वको सोच र प्रविधिप्रतिको प्रतिबद्धता बुझ्न यो संवाद मधेश प्रदेशका मतदाताका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *