धादिङ बस दुर्घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन

 धादिङ बस दुर्घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन

Afghan men search for victims after an overnight Pakistani airstrike hit a residential area in the Girdi Kas village of Bihsud district, Nangarhar province on February 22, 2026. Pakistan said February 22, it launched multiple air strikes targeting militants in neighbouring Afghanistan, where the government reported children were among dozens of people killed and wounded. (Photo by Aimal Zahir / AFP)

काठमाडौँ । धादिङको बेनिघाट रोराङ्गमा आइतबार राति भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस पृथ्वी राजमार्गको भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनाको विवरण र क्षति
प्रहरीका अनुसार दुर्घटनामा १७ जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। रातिको समयमा सडकबाट अनियन्त्रित भई बस नदी किनारको खोंचमा खसेको थियो।

दुर्घटनामा घाइते भएका २६ जनाको हाल काठमाडौँको कलंकीस्थित नेशनल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

सरकारको कदम र छानबिन
घटनालगत्तै गृहमन्त्री ओम प्रकाशसहित सुरक्षा निकाय र सरोकारवालाहरूको आकस्मिक बैठक बसेको थियो। बैठकले दुर्घटनाको कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना न्यूनीकरणका उपाय सुझाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *