सुनसरीका ५९ मतदान केन्द्र अति संवेदनशील सूचीमा

 सुनसरीका ५९ मतदान केन्द्र अति संवेदनशील सूचीमा

काठमाडौँ । आगामी निर्वाचनका लागि सुनसरी जिल्लाका ५९ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार विशेषगरी भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थलहरूलाई सुरक्षाको दृष्टिकोणले उच्च जोखिममा राखिएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार १२ वटा स्थानीय तहमध्ये बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिका पूर्ण रूपमा अति संवेदनशील मानिएका छन्। यी पालिकाका सबै मतदान स्थलहरूमा सुरक्षा चुनौती हुनसक्ने आँकलन गर्दै प्रशासनले अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।

खुल्ला सिमाना र विगतका राजनीतिक गतिविधिहरूलाई आधार मानेर सुरक्षा समितिले यो वर्गीकरण गरेको हो। निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन ती क्षेत्रमा विशेष सुरक्षा रणनीति अपनाइने प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *