एमाले बाहेक अरुले देशको नेतृत्व गर्न सक्दैन : अध्यक्ष ओली

 एमाले बाहेक अरुले देशको नेतृत्व गर्न सक्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमाले बाहेक अन्य शक्तिबाट सम्भव नरहेको दाबी गरेका छन । झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष ओलीले एमालेको विकास प्रेमी छविबारे आम नागरिक स्पष्ट रहेको र विपक्षीहरूसँग देश विकासका लागि कुनै निश्चित ‘भिजन’ नरहेको बताएका छन।

यो दस्ता केवल निर्वाचनका लागि मात्र नभई देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सधैं सक्रिय रहने एक अनुशासित समूह भएको उनले स्पष्ट पारेका छन।

विपक्षीहरूको नीति र कार्यशैलीले देशलाई समृद्धिको बाटोमा लैजान नसक्ने उनको तर्क थियो ।

ओलीले कार्यकर्ताहरूलाई जनताको सेवामा समर्पित हुन र पार्टीको विकासका योजनाहरूलाई जनस्तरसम्म पुर्‍याउन निर्देशन समेत दिएका छन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *