फेरि बढ्यो सुनको मूल्य, आज तोलाको कति पुग्यो?

 फेरि बढ्यो सुनको मूल्य, आज तोलाको कति पुग्यो?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ।

यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। १५ फागुनमा चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो। दुई दिनमा चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण बहुमूल्य धातुको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *