चुनाव विथोल्ने अभिव्यक्तिपछि दुर्गा प्रसाईँ पुनः पक्राउ

 चुनाव विथोल्ने अभिव्यक्तिपछि दुर्गा प्रसाईँ पुनः पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो ।

पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए ।

उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *