सुदूरपश्चिमका पाँच क्षेत्रमा मतगणना, रास्वपा अघि
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मतगणना भइरहेको छ । कञ्चनपुरका तीन क्षेत्र र कैलालीका दुई क्षेत्रमा मतगणना भइरहेको छ ।
अहिलेसम्म कञ्चनपुरका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अघि छन् भने कैलालीका दुईमध्ये एक एक क्षेत्रमा काँग्रेस र रास्वपाको अग्रता छ ।
कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–१ मा जनकसिंह धामीले अग्रता बनाइरहेका छन् ।
कैलाली–१ मा काँग्रेस उम्मेदवार जनक चौधरी अघि छन् भने क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता बनाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका १६ मध्ये ५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेका बेला अन्य क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ ।
