मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित, कांग्रेसको खाता खुल्यो
काठमाडौं। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।
