सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहको जीत

 सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहको जीत

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिभि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्नु हुँदा उनको निकटतम नेपाली काँग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।

नेकपा ९एमाले०का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *