चाल्नाखेलमा चम्पादेवी खुल्ला विद्यालयद्वारा अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो
काठमाडौ । दक्षिणकाली–१, चाल्नाखेलस्थित चम्पादेवी खुल्ला विद्यालय तथा चाल्नाखेल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आज ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
“सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यरतिको अवसर” भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रममा महिला सशक्तीकरण, समान अधिकार र सामाजिक सहभागिताबारे चर्चा गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय महिला समूह, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले महिला अधिकार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा महिलाको भूमिकाबारे आफ्ना धारणा राखेका थिए।
उक्त कार्यक्रममा महिला नेतृत्व विकास, समाजमा महिलाको सम्मान र अवसर विस्तार गर्न आवश्यक रहेको कुरामा जोड दिइएको थियो। सहभागीहरूले महिलालाई शिक्षा र सीपमार्फत आत्मनिर्भर बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजकले नारी दिवसले महिलाको हकअधिकार, समानता र सम्मानका लागि निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।
