बालेनले सार्वजनिक गरे चुनावी खर्च

 बालेनले सार्वजनिक गरे चुनावी खर्च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा झापा क्षेत्र नम्बर ५ बाट जित हासिल गरेका बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च सार्वजनिक गरेका छन् । बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।

बालेनले गरेको यस्तो चुनावी खर्चमा जम्मा ५८ जनालाई खाजा खुवाएको उल्लेख छ । यस्तो खाजा खर्च जम्मा २८ हजार ९७० रुपैयाँ रहेको छ ।

बालेनले १५ दिन सवारी साधान चलाउँदा २ लाख ९३ हजार ८ सय, ५ पटक झापा आउँदा जादाको हवाई भाडामा ३५ हजार, झापाका २९ वटा वडामा १५ दिन गरिएको प्रचारको कार्यक्रममा भएको खर्च ५ लाख ८० हजार भएको उल्लेख छ ।

उनले नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, झाप ५ को क्षेत्रीय निर्वाचन कार्यलय संचालन र पानीमा भएको खर्च १ लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

प्रचार झन्डा र ब्याजको प्रसार सामग्री छपाइमा १ लाख ६५ हजार ४१, ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ र मनोनय दतामा भएको खर्च १० हजार गरी जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको पनि विवरण बालेनले निर्वाचन आयोगमा बुझाएका छन् ।

बालेनले झापा ५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई हराएका छन । वालेन झापा ५ बाट ६८ हजार ३४८ मतका साथ विजयी भएका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *