देशभरको मतगणना सम्पन्न

 देशभरको मतगणना सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । इलाम–१ को समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएसँगै मतगणना सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

“इलाम–१ को मतगणना भर्खरै सकिएको कुरा आएको छ । यससँगै मतगणना सकिएको छ,” उनले भने ।

फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकतर्फ कुन दलले कति मत र सिट पाए भन्ने जानकारी केही समयमै नै आउने उनले बताए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *