इटहरीमा सहकारी सम्बन्धी अन्तरक्रिया तथा आम प्रशिक्षण सम्पन्न

 इटहरीमा सहकारी सम्बन्धी अन्तरक्रिया तथा आम प्रशिक्षण सम्पन्न
इटहरी, फागुन २९, सुनसरीको इटहरीमा एक दिने सहकारी आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सञ्चालक प्रवन्धक कर्मचारी लेखा सुपरिवेक्षण समिति सदस्य लगायतको सहभागितामा भएको प्रशिक्षण कार्यक्रममा सहकारी क्षेत्रका सम्भावना समस्या र चुनौतीका विषयमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।
कार्यक्रममा मोरङ, सुनसरी, धनकुटा र संखुवासभा जिल्ला अन्तर्गतका साझेदार संस्थाका अध्यक्ष, सञ्चालक समिति पदाधिकारी तथा कर्मचारीहरू गरी ९५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि‍ का सञ्चालक सदस्य हरि बहादुर बस्नेत तथा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रविन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।
नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले साना किसान अभियानका चुनौती र अवसर, सहकारीले आगामी दिनमा चाल्नुपर्ने कदम, समसामयिक नीति निर्देशन बारेमा जानकारी, उद्यमशीलता अभिवृद्धि तथा व्यवसाय विस्तारको सम्भावनाबारे प्रस्तुति दिनुभएको थियो ।
शाखा कार्यालयको प्रगति सम्बन्धी प्रस्तुती सरोज भट्टराईले गर्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्थाको स्तरीकरण सुधार गर्न आग्रह गर्दै नीति, विधि र प्रविधिमा सक्षम बन्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो । वित्तीय संस्थाले सदस्यहरुबो हितको लागि उद्यमशीलताको बृद्धि गर्न सेवा प्रवाहमा जोड दिएको बताउनु भयो ।
त्यसैगरी अध्यक्ष खेम बहादुर पाठकले सञ्चालक, कर्मचारी तथा लेखा समितिका काम, कर्तव्य, अधिकार र जिम्मेवारीबारे स्पष्ट हुनुपर्ने बताउनुभयाे ।
उहाँले कृषि सहकारीहरूले उत्पादनमुखी गतिविधिमा जोड दिनुपर्ने, संस्थागत सूशासनलाई प्रभावकारी बनाउनुपर्ने, सदस्यलाई सशक्त बनाउँदै कर्जाको सदुपयोग सुनिश्चित गर्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *