मनकामना माइक्रो दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु

 मनकामना माइक्रो दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा उक्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थलमै ७ जनाको ज्यान गएको थियो । अन्य ७ जना घाइतेको भने उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको छ। भीरालो भूभागका कारण उद्धार कार्य केही कठिन भएको बताइएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचानबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *