समानुपातिक सांसद छान्यो श्रम संस्कृतिले

 समानुपातिक सांसद छान्यो श्रम संस्कृतिले

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार (चैत १) एक पुरुष र तीन महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

आदिवासी जनजाति (पुरुष)तर्फ पूर्णप्रसाद लिम्बूको नाम छानिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए ।

खसआर्यतर्फ अम्बिकादेवी संग्रौला, दलिततर्फ राधिका रम्तेल, मधेसीतर्फ रुवीकुमारी ठाकुरको नाम सिफारिस गरिएको उनले बताए ।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृतिले समानुपातिकतर्फ चार सिट जितेको छ । प्रत्यक्षतर्फ श्रम संस्कृतिका तीन उमेदवार निर्वाचित भएका छन् ।

omdgdggdgh-1773565662.jpg

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *