रास्वपाले टुंग्यायो समानुपातिक सूची, ५७ जनाको नाम आयोगमा पठाइँदै

 रास्वपाले टुंग्यायो समानुपातिक सूची, ५७ जनाको नाम आयोगमा पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले  (रास्वपा) ले समानुपातिकतर्फका ५७ जनाको नाम टुंग्याएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार विधानअनुसार समानुपातिक सूचीमा ४८ जना महिला र ९ जना पुरुषको नाम समावेश गरिएको छ। सचिवालयको निर्णयअनुसार प्रस्तावित ५७ जना समानुपातिक सांसदहरूको नामावली आयोगमा बुझाइनेछ।

समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

कुन समूहबाट कति?

खसआर्य: १७ जना

आदिवासी जनजाति: १६ जना

मधेशी: ९ जना

दलित: ८ जना

थारु: ४ जना

मुस्लिम: ३ जना

रास्वपाले तय गरेको यो सूची आयोगमा बुझाएपछि समानुपातिकतर्फको प्रक्रिया अगाडि बढ्नेछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *