समानुपातिकबारे रास्वपा बैठक, रवि भर्चुअलमा

 समानुपातिकबारे रास्वपा बैठक, रवि भर्चुअलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न पार्टी कार्यालय चमति पुगेका छन्। नेतारु चमती पुगे पनि पार्टी सभापति रवि लामिछाने भने भर्चुअल मार्फत बैठकमा सहभागी हुने कार्यक्रम छ ।

लामिछानेलाई सिजनल रुघाखोकी र ज्वरोको सङ्क्रमण परेपछि केही दिनसम्म डाक्टरले आराम गर्नु भनेको छ  ।त्यसकारण उनी भर्चुअल मार्फत बैठकमा सहभागी हुनेछन्।

बैठकमा सहभागी हुन पुगेका नेताका अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि बैठकमा सहभागी हुने कार्यक्रम छ। ती नेताका अनुसार अहिलेसम्म औपचारिक रूपमा बालेन्द्र बैठकमा सहभागी हुने या भर्चुअलमा बस्ने भन्ने विषयमा जानकारी आएको छैन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *