अमेरिकी उच्च सैनिक अधिकारी जोएल भोवेलको नेपाल भ्रमण

 अमेरिकी उच्च सैनिक अधिकारी जोएल भोवेलको नेपाल भ्रमण

काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा आएका छन् ।

तीनदिने नेपाल भ्रमणका सिलसिलामा उनी आइतबार काठमाडौं आइपुगेका नेपाली सेनाले जनाएको छ ।

अमेरिकी सेनाको प्यासेफिक कमान्डका डेपुटी कमान्डिङ जनरल भोवेल चैत ३ सम्म नेपालमा रहनेछन् ।

नेपालमा रहँदा उनले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ ।

“यस प्रकारको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ,” नेपाली सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *