पेट्रोल–डिजेलको मूल्य वृद्धि
काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ ।
वृद्धि भएको मूल्य आजबाट लागू हुने निगमले जनाएको छ ।
