प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउन पद नलिन पुनको आग्रह

 प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउन पद नलिन पुनको आग्रह

काठमाडौं — महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरिएका आदर्श श्रेष्ठलाई उक्त पद नलिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो नियुक्तिले प्रधानमन्त्रीको प्रतिष्ठामा असर पर्न सक्ने भन्दै पद स्वीकार नगर्न सुझाव दिएका हुन्।

पुनले लेखेका छन् कि सानो व्यक्तिगत लाभका कारण प्रधानमन्त्रीले कमाएको ऐतिहासिक प्रतिष्ठा कमजोर नबनाइदिनु उपयुक्त हुने बताए। उनले यस्तो निर्णयले नातावाद, कृपावाद, चाकरीवाद र चाप्लुसी जस्ता प्रवृत्तिलाई प्रोत्साहन गर्ने सम्भावना रहेको उल्लेख गरेका छन्।

उनका अनुसार यस्तै प्रवृत्तिका कारण विगतमा राजनीतिक दलहरू कमजोर बनेका उदाहरणहरू रहेका छन्। नयाँ राजनीतिक शक्तिहरूले पनि यस्ता अभ्यासलाई निरन्तरता दिए भविष्यमा त्यसको नकारात्मक असर पर्न सक्ने चेतावनी उनले दिएका छन्।

प्रधानमन्त्री सुशिला कार्कीले आइतबार आदर्श श्रेष्ठलाई पाँच वर्षका लागि  राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनयन गरेकी थिइन्। उक्त निर्णयपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *