मध्यपूर्वमा तनाव: हर्मुज जलमार्गमा सुरक्षाका लागि ट्रम्पको विश्वव्यापी आह्वान
कामाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्ति राष्ट्रहरूलाई मध्यपूर्वको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सैन्य सहयोगको अपिल गरेका छन। ट्रम्पको यो प्रस्तावलगत्तै इरानले अन्य देशहरूलाई अमेरिका र इजरायलसँगको जारी द्वन्द्वमा सहभागी नहुन कडा चेतावनी दिएको छ।
ऊर्जा संकट र विश्व बजारमा प्रभाव
इरानले प्रमुख तेल र ग्यास निर्यात मार्ग ठप्प पारेपछि विश्वभर इन्धनको मूल्यमा ४० प्रतिशत सम्म वृद्धि भएको छ। इरानी सर्वोच्च नेताको हत्यापछि सुरु भएको अमेरिका-इजरायल सैन्य अभियानको बदलास्वरूप इरानले ढुवानी मार्गमा अवरोध सिर्जना गरेको हो।
अन्तर्राष्ट्रिय प्रतिक्रियास् को-कहाँ उभिँदै छन्र
राष्ट्रपति ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई ‘एस्कर्ट ट्याङ्कर’ (सुरक्षाका लागि जहाज) पठाउन आग्रह गरे पनि मित्र राष्ट्रहरूले सावधानीपूर्वक प्रतिक्रिया दिएका छन् ।
बेलायत रक्षा मन्त्रालयले ढुवानी सुरक्षाका लागि विभिन्न विकल्पमा छलफल भइरहेको बताएको छ। ऊर्जा मन्त्री एड मिलिब्यान्डले द्वन्द्व कम गर्ने योजनामा जोड दिएका छन् ।
जापान प्रधानमन्त्री साने ताकाइचीको दलले विद्यमान कानुनका कारण जलसेना पठाउन कठिन रहेको (प्रतिबन्ध) अत्यन्त उच्च संकेत गरेको छ।
दक्षिण कोरिया ट्रम्पको प्रस्तावलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ।
इरानको कडा प्रतिवाद र नेतृत्वको अन्योल
इरानी विदेशमन्त्री अराघचीले फ्रान्सेली समकक्षीसँगको वार्तामा द्वन्द्व बढाउने कुनै पनि कदम नचाल्न चेतावनी दिएका छन। यता, नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले हर्मुज जलमार्ग बन्द नै राख्ने प्रतिबद्धता व्यक्त गरेका छन।
मुख्य विवाद अमेरिकी आक्रमणमा नयाँ सर्वोच्च नेता मारिएको हल्ला चले पनि इरानले त्यसलाई अस्वीकार गरेको छ। यद्यपि, उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। राष्ट्रपति ट्रम्पले उनी जीवित रहेकोमा शंका व्यक्त गर्दै भनेका छन, ‘अहिलेसम्म कसैले पनि उहाँलाई सार्वजनिक रूपमा देखाउन सकेका छैनन्।’
