रास्वपाको दुईदिने तालिम सुरु, रवि र बालेन भोलि जाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संघीय सांसदहरूलाई मंगलबारदेखि दुई दिने आवासीय तालिम दिइरहेको छ ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार बिहान उक्त आवासीय प्रशिक्षण कार्यक्रममा सुरू भएको हो ।उक्त प्रशिक्षण कार्यक्रममा देशभरबाट निर्वाचित १८२ जना रास्वपा सांसदहरू उपस्थित छन् ।
उक्त प्रशिक्षणमा बोल्दै उपसभापति डीपी अर्यालले रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह स्वास्थ्यमा समस्या र व्यस्तता कारण अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।
उनले अभिमुखीकरण कार्यक्रममा दुवै नेताहरूलाई उपस्थित गराउन कोसिस भइरहेको बताए यद्यपि रवि लामिछाने भने बुधबार र समापन कार्यक्रममा उपस्थित हुनेछन् ।
वरिष्ठ नेता बालेन्द्र उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा पुगेनन् । अब समापन पनि उपस्थित हुने जानकारी अहिलेसम्म छैन ।
