कांग्रेस बैठकले गगन थापाको राजीनामा अस्वीकृत

 कांग्रेस बैठकले गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ।

बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो ।

उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरेको छ।

बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको जानकारी सह(महामन्त्री बहादुरसिंह लामाले दिएका छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *