रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

 रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ अधूरो रहेको छ।

सर्वोच्च अदालतमा सोमबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राख्दै मङ्गलबारका लागि सारिएको हो। न्यायाधीशद्वय विनोद शर्माअब्दुल अजीज सुसलमान को संयुक्त इजलासमा सुनुवाइ भइरहेको थियो।

यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदीसुनिलकुमार पोखरेल ले चैत ५ गते महान्यायाधिवक्ताको संशोधित निर्णय अदालतमा पेस गर्न आदेश दिएका थिए।

त्यस्तै, प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीशद्वय सपना प्रधान मल्लश्रीकान्त पौडेल को इजलासले रिटलाई नियमित सुनुवाइमा लैजाने आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा लगाइएका लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठीआभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *