ग्लोबल मनी वीकका अवसरमा साना किसान विकास लघुवित्तद्धारा १२ वटा कार्यक्रम सम्पन्न

 ग्लोबल मनी वीकका अवसरमा साना किसान विकास लघुवित्तद्धारा १२ वटा कार्यक्रम सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनी वीकको अवसरमा देशका विभिन्न स्थानमा १२ वटा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता तथा रचनात्मक गतिविधिहरू सम्पन्न गरेको छ।

संस्थाका अनुसार झापा, सुनसरी, सिराहा, महोत्तरी, काठमाडौं, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत र कैलाली लगायतका जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो।

ती कार्यक्रमहरू अन्तर्गत वित्तीय साक्षरता, वक्तृत्वकला तथा हाजिरीजवाफ जस्ता क्रियाकलापहरू सञ्चालन गरिएका थिए। विद्यार्थी तथा स्थानीय समुदायलाई लक्षित गरी आयोजना गरिएका यी कार्यक्रममार्फत बचत, लगानी, वित्तीय अनुशासन र आर्थिक सचेतनाका विषयमा जानकारी दिइएको संस्थाले जनाएको छ।

कार्यक्रमहरूमा उल्लेखनीय सहभागिता रहेको र यसले वित्तीय ज्ञान अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको संस्थाको विश्वास छ।

संस्थाले यस्ता कार्यक्रममार्फत वित्तीय पहुँच विस्तार गर्नुका साथै नागरिकमा आर्थिक सचेतना बढाउने लक्ष्य लिएको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *