सुन तोलामा ५ हजार र चाँदी ५० रुपैयाँले महँगियो

 सुन तोलामा ५ हजार र चाँदी ५० रुपैयाँले महँगियो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार रुपैयाँले र चाँदी ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६७० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *