एएफसी एसियन कप छनोट : किरण लिम्बुको कप्तानीमा नेपालको २३ सदस्यीय टोली घोषणा

 एएफसी एसियन कप छनोट : किरण लिम्बुको कप्तानीमा नेपालको २३ सदस्यीय टोली घोषणा

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेल खेल्न लाओस उडेको भोलिपल्ट मात्रै नेपालको आधिकारिक टिम घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टिमको नाम सार्वजनिक गरेको हो । किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको हो । टिम भने शनिबार बिहान नै लाओस प्रस्थान गरिसकेको छ ।

नेपालको टिम : 

किरण कुमार लिम्बु (कप्तान, गोलकिपर), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, क्रितिश रत्न छुन्जु, मणी कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा डोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, समित श्रेष्ठ, योगेश धिमाल(गोलकिपर), योगेश गुरुङ र युवराज खड्का ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *