रवि लामिछानेलाई अदालतको वैशाख १४ को नयाँ तारिख

 रवि लामिछानेलाई अदालतको वैशाख १४ को नयाँ तारिख

काठमाडौँ । रवि लामिछने विरुद्ध चलिरहेको सहकारी ठगी मुद्दामा अदालतले अर्को सुनुवाइका लागि वैशाख १४ गतेको तारिख तोकेको छ। उनि आइतबार काठमाडौं जिल्ला अदालत पुगेर नियमित प्रक्रिया अनुसार तारिख बुझेका हुन्।

लामिछानेविरुद्ध स्वर्णालक्ष्मि सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ। उक्त प्रकरणमा बचतकर्ताले रकम हिनामिनाको आरोप लगाउँदै किटानी जाहेरी दिएका छन्।

अभियोग अनुसार सहकारीको रकम गैरकानुनी रूपमा अन्य क्षेत्रमा प्रयोग गरिएको भन्दै करिब ५ करोड ७८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। सरकारी पक्षले यसलाई संगठित रूपमा गरिएको आर्थिक अनियमितता भएको दाबी गर्दै मुद्दा अघि बढाएको हो।

हाल लामिछाने थुनाबाहिर बसेर मुद्दा सामना गरिरहेका छन् भने अदालतले नियमित रूपमा तारिख तोक्दै सुनुवाइ प्रक्रिया अघि बढाइरहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *