सेयर बजारमा ७१ अङ्कको गिरावट, कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बृद्धि

 सेयर बजारमा ७१ अङ्कको गिरावट, कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बृद्धि

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से इन्डेक्स उल्लेख्य रूपमा ओरालो लागेको छ। आज बजार परिसूचक ७१.०५ अंकले घट्दै २८७९.११ विन्दुमा झरेको हो, जुन करिब २.४० प्रतिशतको गिरावट हो।

बजार घटे पनि कारोबार रकम भने बढेको देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा लगानीकर्ताको सक्रियता बढ्दै कुल कारोबार रकम १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन तीन करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको थियो।

कुल सूचीकृत कम्पनीमध्ये अधिकांशको मूल्य घटेको छ। २५५ कम्पनीको सेयर मूल्य घट्दा सीमित मात्र कम्पनीको मूल्यमा सुधार देखिएको छ भने केही कम्पनीमा सकारात्मक सर्किट समेत लागेको छ।

समूहगत रूपमा हेर्दा सबै १३ वटै उपसूचकहरू घटेका छन्। विशेषगरी वित्त र व्यापार समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जसले समग्र बजारलाई तल तानेको विश्लेषण गरिएको छ।

यस दिन केही जलविद्युत् र उत्पादन क्षेत्रका कम्पनीहरूमा मूल्य वृद्धि भए पनि समग्र बजारमा नकारात्मक दबाब कायम रह्यो। बजार विश्लेषकहरूका अनुसार लगानीकर्तामा बढ्दो अनिश्चितता र नाफा बुक गर्ने प्रवृत्तिका कारण सूचकमा दबाब परेको हुनसक्छ

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *