संसदीय दलको नेतामा सुहाङको दाबी, युवालाई अवसर दिन आग्रह

 संसदीय दलको नेतामा सुहाङको दाबी, युवालाई अवसर दिन आग्रह

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा सांसद सुहाङ नेम्बाङले दाबी गरेका छन् ।

बुधबारदेखि संसदको अधिवेशन सुरू हुने भएकोले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको संसदीय दलको बैठकमा सुहाङले आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

यो बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइँदैछ । बैठकमा उनले युवाहरूको मागअनुसार आफू दलको नेता हुनुपर्ने दाबी सुहाङले गरेका हुन् ।

उनले वरिष्ठ नेताहरू, वरीयता र पार्टी विधिको पनि आफूलाई राम्रो हेक्का रहेको उल्लेख गर्दै समयले पनि युवाको नेतृत्व खोजेकाले आफ्नो दाबी रहने बताएका हुन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *