देशलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने अर्थमन्त्री पौडेलको दावी

२१ फागुन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने दावी गर्नुभएको छ । संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले यस्तो दावी गर्नुभएको हो ।
अहिले देश ग्रे लिष्टमा रहेको भन्दै उहाँले यसबाट बाहिर आउन सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले निर्धारित समयमा निर्धारित काम पुरा गरेर अहिले रहेको ग्रे लिस्टबाट देशलाई शही बाटोमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा वर्तमान सरकारको भूमिका नरहेको समते उहाँले बताउनुभयो ।
ग्रे लिस्टबाट देशलाई बाहिर ल्याउन सबैको साथ सहयोग र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।