खाना र खेलकुदले जीवनमा पार्ने सकारात्मक प्रभाव

 खाना र खेलकुदले जीवनमा पार्ने सकारात्मक प्रभाव

हामीलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै भोजन र व्यायाम हुन । स्वास्थ्य रहनका लागि तागत वा शक्ति दिने खानेकुराको आवश्यकता हुन्छ । हामीले दैनिक रुपमा उपभोग गर्दै आएको खानाका साथसाथै खीर, उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ्य भोजनको रूपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू ९मिर्गौला, मुटु, फोक्सो, मस्तिष्क० लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् ।

कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जिउ काँप्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ ।

शरीरको विकास र दीर्घजीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानु पर्दछ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गौला र कलेजोकोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांशपेशीका कोषहरू छ–सात महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मदत पु(याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौँ भने खानामा भएको तत्वहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौँ भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ ।

शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो परेको हुन्छ ।
हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रङ्गको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् ।

भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ‘ए’ भएका फलफूल जस्तैः गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनु पर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर उसले निको नभएसम्म सधैँ हरियो सागपात खानुपर्दछ र जीवनभरि हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु आवश्यक छ । गुणस्तर जीवनको लागि सकाहारी भोजनको महत्वबारे त माथि व्याख्या गरिसकियो । मानव शरीरलाई स्वस्थ राख्न भोजनले मात्र हुँदैन्, व्यायाम तथा खेलकुदको पनि आवश्यकता हुन्छ । त्यसबारे संक्षेपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

मानवजीवनको लागि व्यायाम तथा खेलकुदको आवश्यकता
मानवको गुणस्तरीय जीवन बिताउन व्यायाम तथा खेलकुदको अति आवश्यक हुन्छ । शरिलाई स्फुर्ती राख्न र तन्दुरुस्त राख्नका लागि होस वा अन्य सामाजिक रुपमा पहिचान बनाउन पनि खेलकुदको अत्यन्तै महत्वपूर्ण भूमिका रहने गर्दछ। नेपालको सन्दर्भमा खेलकुद लाई पछिल्लो समय महत्व दिँदै आइएको छ । खेलकुदको विकास मार्फत सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणका लागि कार्य गर्नेगरी विभिन्न योजना तर्जुमाहरु भईरहेका छन् । खेलाडीको जीवनमा रुपान्तरण ल्याउन आवश्यक पारिीमिक प्रदान गर्नुपर्ने आवाज अहिलेपनि उठिरहेको छ । तर सामान्यतय व्यवसायीक नभएपनि आफ्नो स्वास्थ्याका लागि कुनै न कुनै खेल खेल्न आवश्यक रहेको चिकित्सकहरुले समेत बताउँदै आउका छन् ।

विभिन्न सामाजिक सञ्जालबाट साभार

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *