राष्ट्रिय खेल भलिबल, तपाई खेल्नुभयो

 राष्ट्रिय खेल भलिबल, तपाई खेल्नुभयो

नेपालको राष्ट्रिय खेल भलिवल हो । देशका विभिन्न स्थानमा बढि खेलीन भलिवललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेसंगै यसको लोकप्रिइता र महत्व पनि बढ्दै गएको छ ।
डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन ।

सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो ।

भलिवल खेलमा सबै खेलाडीको उत्तिकै सक्रिय सहभागिता र प्रतिवद्धता आवश्यक पर्ने गर्छ । सामान्यतय सहज रुपमा खेल्न सकिने भएका कारण यो खेललाई धेरैले रुचाउने गरेका छन् ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *