नेपालको ओलम्पिक इतिहास र पदक

सन् १९६४ मा टोकियोबाट ओलम्पिक यात्रा आरम्भ गरेको नेपालले ठीक ६० वर्षपछि पहिलो पटक पदक हात पारेको छ । पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले नेपालको ओलम्पिक इतिहासमा पहिलोपटक कांस्य पदक जित्न सफल हुनुभएको हो ।
पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा पदक जित्नुभएको हो ।
पलेशाको खेलयात्रा
जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थाल्नुभएको हो । पलेशा २०१६ देखि पारा तेक्वान्दोको राष्ट्रिय टिममा आबद्ध भइ, अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यू भने २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपबाट गर्नुभएको थियो ।
२०१८ मा भियतनाममा सम्पन्न चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेर अन्तर्राष्ट्रिय पदक जितको यात्रा थाल्नुभएको थियो ।
त्यसपछि २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण पदक नै जित्न सफल हुनुभयो ।
पारा ओलम्पिक इतिहास
अपांगता भएका खेलाडीका लागि पनि पारा ओलम्पिक सुरु भएको धेरै भइसकेको छ । १९६० रोम ९इटाली०बाट पारा ओलम्पिक सुरु भएको हो । जतिबेला ह्विलचेयरका खेलाडीले मात्र प्रतिस्पर्धा गर्थे । रोममा २३ देशका ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको इतिहास छ ।